Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पैसा बाँडेको आरोपमा धनुषा ४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरा पक्राउ

पैसा बाँडेको आरोपमा धनुषा ४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरा पक्राउ

बुधवार , फाल्गुण २०, २०८२

धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा मतदातालाई पैसा बाँडेको आरोपमा एक जना पक्राउ परेका छन्। 

मंगलबार राति क्षिरेश्वरनाथ नगरपालिका–४ चन्द्रपुरबाट स्वतन्त्र उम्मेदवार स्थानीय राजकिशोर महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति करिब १२ बजे पैसा बाँडिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। 

प्रहरीका अनुसार घटनास्थलबाट ४८ हजार ५ सय रुपैयाँ नगद तथा आर्थिक कारोबारसम्बन्धी विवरण उल्लेख गरिएको डायरीसमेत बरामद गरिएको छ।

पक्राउ परेका उम्मेदवार महरा तथा प्रयोग गरिएको गाडीलाई आवश्यक कारबाहीका लागि निर्वाचन आयोगको कार्यालय धनुषामा पठाइए को प्रहरीले जनाएको छ । 

यसै क्षेत्रमा नेकपा एमालेका उपमहासचिव रघुबीर महासेठ उम्मेदवार छन्। पक्राउ परेका महरा महासेठका डमी उम्मेदवार रहेको स्थानीयको दाबी छ।

यसअघि महरा चुनावी कार्यक्रममा जाने र उनका पक्षमा मत माग्दै हिँड्ने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077