Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

निर्वाचन पर्यवेक्षण गर्न ९ देशका प्रमुख आयुक्त काठमाडौंमा

निर्वाचन पर्यवेक्षण गर्न ९ देशका प्रमुख आयुक्त काठमाडौंमा

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तर्राष्ट्रिय पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूलाई निर्वाचन आयोग ले विस्तृत ब्रिफिङ दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार आयोगको औपचारिक निमन्त्रणामा ९ देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा कमिसनरहरू नेपाल आएका हुन्।

उनीहरूलाई निर्वाचनको तयारी, व्यवस्थापन, सुरक्षा संयन्त्र, मतदान प्रक्रिया र मतगणनासम्बन्धी सम्पूर्ण जानकारी तथ्यसहित प्रस्तुत गरिएको छ।

प्रवक्ता भट्टराईका अनुसार विदेशी पर्यवेक्षकहरू मतदान सम्पन्न भई मतगणना प्रारम्भ हुने शनिबारसम्म नेपालमै रहनेछन्।

यस अवधिमा उनीहरूले आयोगसँग समन्वय गरी तोकिएका विभिन्न मतदान केन्द्रमा पुगेर मतदान प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्नेछन्।

धेरै पर्यवेक्षकहरूले मतदानपश्चात् मतगणनाको समेत अवलोकन गर्न रुचि देखाएको आयोगले जनाएको छ। उनीहरू मतदान केन्द्रको व्यवस्थापन, मतपेटिका सुरक्षा, गणना प्रक्रिया तथा पारदर्शिताको अवस्थाबारे प्रत्यक्ष अध्ययन गर्ने तयारीमा छन्।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको सन्दर्भमा आयोगले सबै जिज्ञासा मेटिने गरी स्पष्ट र तथ्यपरक जानकारी दिएको प्रवक्ता भट्टराईले बताए।

उनले भने, 'निर्वाचनको पारदर्शिता, विश्वसनीयता र निष्पक्षताबारे उठ्ने सम्भावित प्रश्नहरूलाई ध्यानमा राख्दै आयोगले विस्तृत प्रस्तुति दिएको छ। पर्यवेक्षकहरू मतदान र मतगणना दुवै प्रक्रियामा प्रत्यक्ष संलग्न भई अवलोकन गर्नुहुनेछ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077