Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सुर्खेतमा अवतरणका क्रममा श्री एयरको टायर पड्कियो

सुर्खेतमा अवतरणका क्रममा श्री एयरको टायर पड्कियो

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौं । सुर्खेत विमानस्थलमा अवतरणका क्रममा श्री एयरलाइन्सको विमानको टायर पड्किएको छ।

प्रहरीका अनुसार काठमाडौंबाट सुर्खेतका लागि उडेको एसएचए १२३ (कलसाइन 9N-AOL) जहाजको टायर बुधबार दिउँसो अवतरणकै क्रममा पड्किएको हो।

विमान दिउँसो सवा ३ बजे काठमाडौंबाट उडेको थियो भने करिब ३:५० बजे सुर्खेत विमानस्थलमा अवतरण गर्दा समस्या देखिएको हो।

विमानको पछाडिको बायाँतर्फ बाहिरी भागको टायर रनवेमा घर्षण हुँदा पड्किएको प्रारम्भिक जानकारी छ।

यद्यपि, टायर पड्किए पनि जहाजले सुरक्षित अवतरण गरेको र सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।

अवतरणपछि विमानलाई सुरक्षित रूपमा पार्किङ क्षेत्रमा सारिएको छ। प्राविधिक टोलीले जहाजको प्राविधिक जाँच सुरु गरेको बताइएको छ।

घटनापछि सो विमानमार्फत हुने आगामी उडानहरू प्रभावित हुन सक्ने अनुमान गरिएको छ। प्राधिकरण र सम्बन्धित निकायले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077