Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

गुल्मी–२ मा आचारसंहिता उल्लंघनको आरोप, एमाले पक्षबाट १ हजार बाँडिएको दाबी

गुल्मी–२ मा आचारसंहिता उल्लंघनको आरोप, एमाले पक्षबाट १ हजार बाँडिएको दाबी

बुधवार , फाल्गुण २०, २०८२

गुल्मी । प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा आचारसंहिता उल्लंघनसम्बन्धी गम्भीर आरोप सार्वजनिक भएको छ।

मदाने गाउँपालिका–५ मा गोकर्ण विष्ट पक्षबाट मतदातालाई नगद वितरण गरिएको दाबी गरिएको हो।

स्थानीय स्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित वडाध्यक्ष हिमाल खड्कामार्फत केही युवा तथा ज्येष्ठ नागरिकलाई आर्थिक प्रलोभन देखाइएको आरोप छ।

घरदैलो अभियानका क्रममा ‘सूर्य’ चिन्हमा मतदान गर्न आग्रह गर्दै गोप्य रूपमा रकम वितरण गरिएको दाबी गरिएको छ।

यसबीच सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा एक व्यक्तिले आफूले एक हजार रुपैयाँ प्राप्त गरेको बताएका छन्। यद्यपि उक्त भिडियोको प्रामाणिकता, समय र सन्दर्भबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ।

घटनापछि निर्वाचन आयोग को जिल्ला कार्यालय तथा जिल्ला प्रशासन कार्यालयले विषयमा चासो देखाएको जनाइएको छ।

औपचारिक उजुरी प्राप्त भए कानुनी प्रक्रियाअनुसार छानबिन अघि बढाइने सम्बन्धित निकायले बताएका छन्।

प्रहरी स्रोतका अनुसार भिडियोमा देखिएका व्यक्तिहरूसँग सोधपुछ गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077