Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोलखामा हवाई फायर, मतदान रोकियो

दोलखामा हवाई फायर, मतदान रोकियो

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । दोलखामा हवाई फायर भएको छ । मालु मतदानस्थलमा मतदान गर्ने क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे । 

निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको प्रहरीले जनाएको छ । अहिले सामान्य नाराबाजी भइरहेको छ । 

स्थिति तनावग्रस्त बनेपछि मालु मतदान स्थलमा मतदान रोकिएको छ । तामाकोशी गाउँपालिका–४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको हो ।

हवाई फायरपछि नाराबाजी सुरु भएको थियो । लगत्तै सर्वदलीय बैठक डाकिएको र मतदान सुरु गर्नेबारे छलफल जारी रहेको बताइएको छ ।

निर्वाचन सुरक्षामा संवेदनशील जिल्लाका रुपमा विश्लेषण गरिएको दोलखामा प्रहरी प्रधान कार्यालयले एसएसपी सोमेन्द्रसिंह राठौरलाई खटाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत राठौरलाई चुनौतीपूर्ण जिल्लाको नेतृत्व दिएर खटाइएको हो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077