Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्लाहीको बलरा–४ मतदान केन्द्रमा तनाव, मतदान रोकियो

सर्लाहीको बलरा–४ मतदान केन्द्रमा तनाव, मतदान रोकियो

बिहिवार , फाल्गुण २१, २०८२

सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ ।

नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिहरूबीच मतदाता सूची र मतदान प्रक्रियालाई लिएर विवाद हुँदा स्थानीय श्री प्राथमिक विद्यालयमा तनावको अवस्था सिर्जना भएको हो। रास्वपा उम्मेदवार अमरेशकुमार सिंह यो पालिकाका हुन् ।

घटनापछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको सुरक्षाटोली घटनास्थल पुगेर अवस्था नियन्त्रणमा लिने तथा विवाद समाधान गर्ने प्रयास गरिरहेको छ।

यसअघि बलरा–१ मा पनि केहीबेर तनाव भएको थियो । सीडीयो र प्रहरी प्रमुख पुगेर सम्झाएपछि मतदान सुरु भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077