Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दोलखामा ५६ बुक मतपत्र लुटियो, हुन सकेन मतदान

दोलखामा ५६ बुक मतपत्र लुटियो, हुन सकेन मतदान

'मतदान लागि अर्को मिति तोकिने'

बिहिवार , फाल्गुण २१, २०८२

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलबाट मतपत्र लुटिएको छ ।

मतदान सुरु भएलगत्तै बिहीबार बिहान मतदानस्थलमा खटिएका कर्मचारीलाई हातपात गर्न खोज्दै एउटा समूहले उक्त मतपत्र लुटेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएपछि मतदानस्थलमा खटिएका कर्मचारीमाथि एक समूहले हातपात गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो।

कर्मचारीलाई नै हातपात गर्न खोजेपछि प्रहरीले १ राउन्ड हवाई फायर समेत गरेको थियो । 

त्यसपछि स्थिति तनावपूर्ण बनेको छ र मतदान अझै सुरु हुन सकेको छैन।

सर्वदलीय बैठकले मतदान पुनः सुरु गर्ने सहमति गरे पनि मतपत्र हराएपछि प्रक्रिया रोकिएको हो।

निर्वाचन आयोगका कर्मचारी र सुरक्षाकर्मीहरूले हराएका मतपत्रलाई मुचुल्का गरेर गणनामा नलिने गरी मतदान सुरु गर्न प्रस्ताव गरेका थिए। तर दलका प्रतिनिधिहरूले त्यसमा सहमति जनाएका छैनन्। विवाद गर्नेहरूमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ता छन् ।

जसमा नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकास्थित तरुण दलका अध्यक्ष अनिल श्रेष्ठ र नेकपाका नेता अर्जुन योगीविरुद्ध अब मुद्दा चल्ने भएको छ।

विवाद नमिलेपछि मतदानको अर्को मितिका लागि मतदान अधिकृतले अर्को मिति तोक्ने भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077