Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागुऔषध ‘कारोबारी’ समात्न नेपालगन्जमा हवाईफायर

लागुऔषध ‘कारोबारी’ समात्न नेपालगन्जमा हवाईफायर

शनिवार , बैशाख १२, २०८३

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा शनिबार (वैशाख १२) हवाईफायर गरी तीन लागुऔषध ‘कारोबारी’लाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी रमेश विष्टले नेपालगन्ज उपमहानगरपालिका–२२ स्थित शान्तिनगरचोकनजिक तीन राउन्ड हवाईफायर गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

पक्राउ परेकाहरूको साथबाट ३७० ग्राम ब्राउन सुगर समेत प्रहरीले बारमद गरेको छ ।

नियन्त्रणमा लिएकामा नेपालगन्ज–२२ का ३५ वर्षीय नुरमोहम्मद किंगरिया, सोही स्थानका २८ वर्षीय दिनेश बासखोरी र २९ वर्षीय सरोश शाही रहेका प्रहरी निरीक्षक विष्टले उल्लेख गरे ।

धेरै दिनको प्रयासपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको उनले जानकारी दिए । उनीहरूविरुद्ध जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान गरिने उनले बताए ।

“हामीले धेरै दिनदेखि पिछा गरिरहेका थियौँ र सुराक पनि परिचालन गरेका थियौँ । आज कारोबार गर्न लागेको समयमा पक्राउ गर्न सफल भयौँ,” उनले भने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077