Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका छिटो र सुरक्षित रूपमा मतगणना केन्द्रसम्म पुर्‍याउन हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ।

बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले दुर्गम क्षेत्रबाट मतपेटिका संकलनलाई प्रभावकारी बनाउन हवाई साधन प्रयोग गरिएको जानकारी दिए।

आयोगका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका सबै मतपेटिका बिहीबार नै हेलिकप्टरमार्फत सम्बन्धित मतगणना स्थलमा पुर्‍याइने लक्ष्य राखिएको छ।

त्यस्तै संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्ला लगायतका अन्य दुर्गम जिल्लाका मतपेटिकाहरू भने शुक्रबार बिहानसम्म सम्बन्धित स्थानमा पुग्ने अपेक्षा गरिएको भण्डारीले बताए।

सडक सञ्जालको पहुँच कम भएका तथा भौगोलिक रूपमा विकट क्षेत्रबाट मतपेटिका ढुवानीमा ढिलाइ नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077