Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जेनजी आन्दोलनबारे जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री कार्कीको बाचा

जेनजी आन्दोलनबारे जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्री कार्कीको बाचा

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनसम्बन्धी गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आयोगले प्रतिवेदन बुझाउनेबित्तिकै आफूले ग्रहण गरी सार्वजनिक गर्ने बताइन् । प्रधानमन्त्री कार्कीले प्रतिवेदन कार्यान्वयनमा पनि सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

उनले मुलुकमा कुनै पनि प्रकारको दण्डहीनता स्वीकार्य नहुने बताउँदै सत्य तथ्य जनतासामु ल्याउन सरकार तयार रहेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्,'आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयनमा जान्छ। मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनु हुँदैन।'

उनका अनुसार जेनजी आन्दोलनसँग सम्बन्धित प्रतिवेदन मात्रै नभई अन्य आयोगहरूले तयार पारेका प्रतिवेदनहरू पनि आवश्यक अध्ययनपछि सार्वजनिक गरिनेछ।

'अहिलेको आयोगको मात्र होइन, अरु पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौँ र सार्वजनिक गरिदिन्छौँ, ताकि जनताले वास्तविकता थाहा पाऊन्,' उनले भनिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077