काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्।
उनी २४ हजार ५९२ मतसहित प्रतिनिभिसभा सदस्य विजयी भएका हुन्।
श्रेष्ठ यसअघि पनि यही क्षेत्रबाट विजयी भएको थिए । यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमिले ३ हजार २ सय १७ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली काँग्रेसकी उम्मेदवार सपना राज भण्डारीले २ हजार ८ सय ३५ मत ल्याइन् भने नेकपा एमालेका राजेश शाक्यले एक हजार ९ सय ९ र राप्रपाका उम्मेदवार नवीन शाहीले १ हजार ९ सय ९ मत प्राप्त गरेका छन्।
उज्यालो नेपालका उम्मेदवार राजन खड्गीले एक हजार ३३ मत ल्याएका छन्। यससँगै काठमाडौँका १० क्षेत्रमध्ये रास्वपाले ३ क्षेत्र जितिसकेको छ।