Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको सानदार जित

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको सानदार जित

शनिवार , फाल्गुण २३, २०८२

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन् ।

बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुनले २२ हजार ८५० मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनले निकटतम प्रतिस्पर्धीभन्दा १४ हजार ९३१ मतान्तरले विजय हात पारे।

यस निर्वाचनमा नेकपा ९एमाले०का उम्मेदवार हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ६८४ मत पाए।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार म्याग्दीमा प्रत्यक्षतर्फको सबै मतगणना सम्पन्न भइसकेको छ र पुनलाई औपचारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077