Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बझाङमा एमालेका ऐन महर विजयी

बझाङमा एमालेका ऐन महर विजयी

शनिवार , फाल्गुण २३, २०८२

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको बझाङबाट नेकपा (एमाले)का उमेदवार ऐन महर सांसद चुनिएका छन् ।

शनिबार (फागुन २३) सम्पन्न मतगणनामा उनले १८ हजार ५४३ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत ल्याए । उनीहरूबीचको मतान्तर दुई हजार ३८६ रह्यो । यसपालिको मतगणनामा एमालेबाट विजयी हुने महर दोस्रो उमेदवार हुन् ।

तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ मत पाए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शैलेश सिंहले नौ हजार २६३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विश्वप्रकाश जेठाराले ४०५, नेकपा (माओवादी)का भरत मल्लले ५२०, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत ल्याए ।

बझाङमा कुल ५७ हजार ५०४ मत खसेको थियो । यसमध्ये ५२ हजार ८६४ मत सदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077