काठमाडौं । धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उमेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।
राईले १८ हजार १३२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाए ।
त्यस्तै, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ९ हजार ९४४ मत ल्याए ।