Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

गोरखा-२ मा एमालेका चक्रे मिलनको जमानत जफत

गोरखा-२ मा एमालेका चक्रे मिलनको जमानत जफत

सोमवार , फाल्गुण २५, २०८२

गोरखा । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा-२ मा नेकपा एमालेका उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन) को जमानत जफत भएको छ ।

खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनको जमानत जफत भएको हो । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार गोरखा–२ मा कुल ५७ हजार १५६ मत खसेको थियो, जसमा ५४ हजार १४७ मत सदर भएका थिए।

निर्वाचन आयोगको प्रावधानअनुसार जमानत जोगाउन कम्तीमा सदर मतको १० प्रतिशत अर्थात् ५ हजार ४१५ मत आवश्यक थियो ।

तर एमालेका उम्मेदवार चक्रे मिलनले ३ हजार ८७ मत मात्रै प्राप्त गरेपछि उनको जमानत जफत भएको हो । गोरखाका दुवै निर्वाचन क्षेत्रका १९ जना उम्मेदवारको जमानत जफत भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077