Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धनुषा–१ मा नेकपाका मातृकाप्रसाद यादवले पाए प्रमाणपत्र

धनुषा–१ मा नेकपाका मातृकाप्रसाद यादवले पाए प्रमाणपत्र

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादवलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह (कमल) को उम्मेदवारी खारेजीका कारण मतगणनाको अन्तिम परिणाम विवादमा रहेको अवस्थामा यादवलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

अन्तिम मतगणना अनुसार यादवले १०,४०३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धीहरूमा कांग्रेसका रामपल्टन साह रहेका थिए, जसले ९,५०२ मत पाए, र एमालेका रामचन्द्र मण्डलले ९,३१५ मत प्राप्त गरेका थिए।

तर यी उम्मेदवारहरूभन्दा १३ हजारभन्दा बढी मत घन्टी छापमा परेको थियो । रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेजी भएका कारण उनको मत परिणाम सार्वजनिक गरिएको छैन ।

गत फागुन १८ गते निर्वाचन आयोगले साहको उम्मेदवारी खारेजी गरेको थियो । त्यसविरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077