Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमरेशलाई मिराजको पत्र - कांग्रेसले नै तपाईंलाई नेपालीझैँ सम्मान दिएको थियो

अमरेशलाई मिराजको पत्र - कांग्रेसले नै तपाईंलाई नेपालीझैँ सम्मान दिएको थियो

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । ‘जेनजी’ अगुवा मिराज ढुङ्गानाले रास्वपाका डा. अमरेशकुमार सिंहलाईलाई सम्बोधन गर्दै विगतमा मधेसी नेताहरूले अपमान खेपिरहेको समयमा नेपाली कांग्रेसले नै उनलाई सम्मानजनक व्यवहार गरेको स्मरण गराएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ढुङ्गानाले इतिहासले देखाएको भन्दै लेखेका छन्, 'जब सबैले मधेसी नेतालाई अपमान गर्थे र भारतीय दलाल वा एजेन्ट भन्थे, त्यतिबेला तपाईंलाई सम्मानका साथ नेपाली नागरिकझैँ व्यवहार गर्ने पार्टी नेपाली कांग्रेस नै थियो ।'

ढुङ्गानाले डा. सिंहको राजनीतिक यात्रालाई पनि स्मरण गरेका छन् । उनले स्वतन्त्र सांसद रहँदा बालेन शाहलाई सदनबाट चुनौती दिएको प्रसङ्ग र अहिले रास्वपा प्रवेश गरेपछि गगन थापालाई सुझाव दिएको विषयलाई जोडेर टिप्पणी गरेका हुन् ।

डा. सिंहको पछिल्लो राजनीतिक निर्णयप्रति कटाक्ष गर्दै ढुङ्गानाले “कांग्रेस छोड्नुको कारण समाजले बुझ्नेछ, नयाँ दलमा पस्नुको कारण सबैलाई स्पष्ट छ” भन्दै टिप्पणी गरेका छन् ।

उनले डा। सिंहको राजनीतिक यात्रामा पटक–पटक ‘चोला फेरिएको’ उल्लेख गर्दै भने, 'हिजो कांग्रेस, त्यसपछि स्वतन्त्र र आज रास्वपा—यस्तो यात्रा देखिन्छ।'

यद्यपि उनले सर्लाही क्षेत्र नम्बर ४ मा डा. सिंहले गरेको विकास कार्यको प्रशंसा गर्दै त्यसको चर्चा अन्तर्राष्ट्रिय स्तरसम्म हुने बताएका छन्।

सन्देशमा ढुङ्गानाले डा. सिंहको कठिन समयको पनि स्मरण गरेका छन् । उनले विगतमा उनको जीवन संकटमा परेको बेला सबैले साथ दिएको उल्लेख गर्दै दीर्घायु र समाजसेवामा निरन्तर योगदानको कामना गरेका छन् ।

साथै उनले डा. सिंहको नयाँ राजनीतिक यात्राका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077