Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

परराष्ट्र नदिएपछि अमरेशद्वारा उद्योग मन्त्री पद अस्वीकार

परराष्ट्र नदिएपछि अमरेशद्वारा उद्योग मन्त्री पद अस्वीकार

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेश कुमार सिंह आफूलाई दिइएको उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री पद अस्वीकार गरेका छन् । 

सिंहले आफू देश र जनताको सेवामा जनप्रतिनिधि एवं सामान्य नागरिकको रूपमा सधैं क्रियाशील रहने जानकारी गराएका छन् । 

उनले परराष्ट्र मन्त्रीमा दावी गरेका थिए । तर, प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र पार्टी सभापति रवि लामिछानेले उनलाई उद्योग मन्त्री बनाउने निर्णय गरेका थिए । 

अमरेश सिंहले सर्लाही–४ बाट नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गरेका थिए ।

उद्योगमन्त्री अस्वीकार गरेको कुरा पत्रकार विजय पाण्डेले फेसबुकमा लेखेका थिए । सोही कुरा सिंहले समेत सेयर गरेका छन् ।

amaresh.jpg
undefined

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077