Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमरेशकुमार भन्छन्- वर्तमान सरकारलाई कुनैपनि किसिमको भ्रष्टाचार र कुशासन स्वीकार्य छैन

अमरेशकुमार भन्छन्- वर्तमान सरकारलाई कुनैपनि किसिमको भ्रष्टाचार र कुशासन स्वीकार्य छैन

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार जनअपेक्षा अनुसार कार्यसम्पादनमा केन्द्रित रहेको स्पष्ट पारेका छन्।

शुक्रबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँगको संवादका क्रममा उनले सरकार र दल दुवैले नागरिकको अपेक्षा र म्यान्डेटलाई प्राथमिकतामा राखेर अघि बढ्को स्पष्ट पारेका हुन्।

प्रभावकारी सेवा प्रवाहमार्फत नागरिकले परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माण गर्न सरकार केन्द्रित रहेको उनले बताए।

सिंहले भने- 'पार्टी र सरकार दुवै जनताको चाहनाअनुसार अघि बढ्छ । परिवर्तनका लागि जनताले हामीलाई जिम्मा दिएको छ । हामी जनताको जीविकामा परिवर्तन देखाएर हाम्रो सरकार र पार्टीले जनतामा परिवर्तनको आभास गराउँछ । 
हाम्रो सरकारले कुनैपनि किसिमको भ्रष्टाचार, कुशासन स्वीकार गर्दैंन ।'

जनताबाट प्राप्त समर्थनलाई परिणाममुखी काममा रूपान्तरण गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

उनले शासन सञ्चालनमा पारदर्शिता र जवाफदेहितालाई जोड दिँदै कुनै पनि प्रकारको भ्रष्टाचार वा अव्यवस्थालाई सहन नगर्ने नीति अवलम्बन गरिएको उल्लेख गरे।

साथै सांसद सिंहले सरकारले कुनैपनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077