Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ५६ हजारमध्ये ६ हजार मात्र उत्तीर्ण

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ५६ हजारमध्ये ६ हजार मात्र उत्तीर्ण

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । उत्पादनमूलक क्षेत्रतर्फको कोरियन भाषा परीक्षामा करिब ११ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्।

नेपालस्थित ईपीएस कोरिया शाखाले मंगलबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी भएका ५६ हजार २८३ जनामध्ये ६ हजार ५१ जना मात्रै उत्तीर्ण भएका हुन्।

यस वर्ष परीक्षामा ६७ हजार २९७ जनाले आवेदन दिएका थिए। तीमध्ये ८३।६ प्रतिशत अर्थात् ५६ हजारभन्दा बढी परीक्षार्थी परीक्षा दिन सहभागी भएका थिए।

यसपटक उत्तीर्ण हुन निकै कडा मापदण्ड राखिएको थियो। कुल ४० प्रश्नमध्ये ३९ भन्दा बढी सही उत्तर मिलाउने अर्थात् करिब ९७।५ प्रतिशत अंक ल्याउने परीक्षार्थी मात्रै उत्तीर्ण भएका छन्।

पहिलो चरणको भाषा परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरू अब दोस्रो चरणअन्तर्गत सञ्चालन हुने स्किल टेस्टमा सहभागी हुन पाउनेछन्।

स्किल टेस्टमा पनि सफल भएमा मात्रै दक्षिण कोरियामा रोजगारीका लागि छनोट प्रक्रियाको बाँकी चरण अघि बढ्ने ईपीएस शाखाले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077