Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले हाल देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । तराई तथा उपत्यकाका थोरै स्थानहरूमा तुवाँलो पनि रहनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको सहित  कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ ।

बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077