Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता सुरु

एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता सुरु

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरु भएको छ । 

फागुन ३० गतेदेखि चैत २ गतेसम्म  हुने १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि मनोनयन दर्ता सुरु भएको हो । 

दुई वर्षे कार्यकालका लागि अन्तर्राष्ट्रिय महाधिवेशनबाट ७४ पदका लागि भौतिक उपस्थित र अनलाइनबाट उम्मेदवारी दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको छ । अनलाइनमार्फत पनि मनोनयन दर्ता गर्न सकिने व्यवस्था एनआरएनले मिलाइएको छ । 

फागुन २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने २७ गतेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध गर्न पाइनेछ ।

२७ गते नै उम्मेदवारको मनोनयपत्रको जाँचबुझ र उजुरीउपर निर्णय हुनेछ । फागुन २७ गते नै उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ । 

२८ गते उम्मेदवारले आफ्नो मनोनयन पत्र फिर्ता लिन सक्नेछन् भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । 

फागुन ३० गतेदेखि चैत १ गतेसम्म नेपाल बाहिर अनलाइन माध्यमबाट मतदान प्रयोजनका लागि अनलाइन मतदान खुला रहेछन् । भौतिक उपस्थितिमा अनलाइन माध्यमबाट मतदान प्रयोजनको लागि नेपालभित्र होटेल द सोल्टीमा चैत १ गते बिहान १ बजेटबाट साँझ ६ बजेसम्म मतदान हुनेछ । महाधिवेशनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077