Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कारागारबाट छुटे दीपक मनाङे

कारागारबाट छुटे दीपक मनाङे

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । राजीव गुरुङ (दीपक मनाङे) रिहा भएका छन् । ज्यान मार्ने उद्योगमा जेल परेका मनाङे सजाय भुक्तान गरेर छुटेका हुन् ।

काठमाडौंस्थित डिल्लीबजार कारागार प्रशासनका अनुसार, मनाङे बुधबार दिउँसो ३ बजे आवश्यक प्रक्रिया पूरा गरी छुटेका हुन्।

उनीमाथि २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगन्ज क्षेत्रमा ‘चक्रे मिलन’ भनेर चिनिने मिलन गुरुङमाथि खुकुरी प्रहार गरेको आरोपमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो।

मनाङेले यसअघि पटक–पटक गरी दुई वर्ष आठ महिना कैद भुक्तान गरिसकेका थिए। उच्च अदालत पाटनले पाँच वर्ष कैद सजाय हुने फैसला गरेपछि उनी कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा पाएका थिए।

पछि सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते उच्च अदालतको फैसला सदर गरेपछि उनी कात्तिक २७ गते पक्राउ परेका थिए।

कारागार नियमअनुसार २० प्रतिशत कैद छुट सुविधा पाएको र बाँकी १ वर्ष ४ महिना कैद सजाय पूरा गरेपछि मनाङे बुधबार जेलबाट रिहा भएका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077