Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घुस प्रकरणमा जवानलाई एक महिना कैद, इन्सपेक्टरलाई सफाइ

घुस प्रकरणमा जवानलाई एक महिना कैद, इन्सपेक्टरलाई सफाइ

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । १५ हजार घुस प्रकरणमा सशस्त्र प्रहरीका जवानलाई सजाय भएको छ भने इन्सपेक्टरले सफाइ पाएका छन् ।

सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्टमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकाल र जवान यामबहादुर खत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा दायर गरेको मुद्दामा बिशेष अदालतले जवान खत्रीलाई मात्र दोषी ठहर गरेको हो ।

उनलाई एक महिना कैद र १५ हजार जरिवाना सजाय भएको छ । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले यस्तो फैसला गरेको हो ।

स्वतन्त्र प्रमाणले इन्सपेक्टरको संलग्नता पुष्टि हुन नसकेको भन्दै उनलाई सफाइ दिइएको छ । जवान खत्रीकै बयानका आधारमा इन्सपेक्टरलाई पनि अख्तियारले पक्राउ गरी मुद्दा चलाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077