Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रहरी जवान चदाराको गोदावरीमा अन्तिम संस्कार

प्रहरी जवान चदाराको गोदावरीमा अन्तिम संस्कार

बुधवार , फाल्गुण २७, २०८२

धनगढी । निर्माणाधिन इलाका प्रहरी कार्यालय टीकापुरको छतबाट खसेर ज्यान गुमाएका प्रहरी जवान सन्देश चदाराको बुधबार अन्त्येष्टि गरिएको छ। परिवारले शव बुझेपछि कैलालीको गोदावरीमा उनको अन्तिम संस्कार गरिएको हो ।

सोमबार राति भएको उक्त घटनापछि चदाराको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको थियो ।

बुधबार पोस्टमार्टम प्रक्रिया सकिएपछि परिवारलाई शव बुझाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

घटनाको वास्तविक कारण पत्ता लगाउन डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति पनि गठन गरिएको प्रहरीले जनाएको छ । निर्माणाधीन भवनको छतबाट खसेर चदाराको मृत्यु भएको प्रारम्भिक जानकारी भए पनि घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

अन्त्येष्टिमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर राना, कैलालीका एसपी नरेन्द्र चन्द, अत्तरियाका एसपी प्रेम शाही, एसपी सागर बोहरा, डीएसपी टेकबहादुर जोरा लगायतका सिनियर अधिकृतले सम्मान अर्पण गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077