Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कमल थापाले भने- रास्वपाले हिन्दूराष्ट्रको मुद्दा उठाए दुई तिहाई पुर्‍याउन सहयोग गर्छौँ

कमल थापाले भने- रास्वपाले हिन्दूराष्ट्रको मुद्दा उठाए दुई तिहाई पुर्‍याउन सहयोग गर्छौँ

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अब बन्ने नयाँ सरकारलाई दुईतिहाइ बहुमत पुर्‍याइदिनका लागि सर्त अघि सारेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह बालेन नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम रहेको भन्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले सर्त अघि सारेका हुन्। 

राजतन्त्र पुनर्स्थापना र हिन्दूराष्ट्रको मुद्दा बोकिरहेको राप्रपाले सोही मुद्दा सरकारले बोक्ने भए आफूहरुले सघाउन तयार रहेको उनले बताए ।

'रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ।यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ,' थापाले सामाजिक सञ्जालमा भनेका छन् ।

थापाले बालेनले धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार रहेमा पाँच सांसदहरूको पूर्ण सहयोग रहने बताए।

रास्वपाको अब बन्ने सरकार झण्डै दुई तिहाई बहुमत नजिकको सरकार हुनेछ । १८४ सिट दुई तिहाईका लागि आवश्यक हुने भए पनि रास्वपाको १८२ सिट मात्रै आउने देखिन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077