Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३५ दिनभित्र खर्च विवरण सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधिसभा निर्वाचनमा सहभागी उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचनमा भएको आम्दानी र खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।

बिहीबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन परिणाम घोषणा भएको मितिबाट ३५ दिनभित्र खर्च विवरण सार्वजनिक गरी त्यसको जानकारी आयोगमा बुझाउन सबै उम्मेदवार र दललाई आग्रह गरेको हो ।

आयोगका अनुसार निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उपदफा (२) मा उम्मेदवार, राजनीतिक दल वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचनसँग सम्बन्धित आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ।

सोही प्रावधानअनुसार आयोगले सबै उम्मेदवारलाई पारदर्शिता कायम गर्न खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो।

आयोगले खर्च विवरण सार्वजनिक गर्न विभिन्न माध्यम पनि उल्लेख गरेको छ। उम्मेदवारले सम्बन्धित जिल्ला वा प्रदेशको निर्वाचन कार्यालयको सूचना पाटी, गाउँपालिका वा नगरपालिका तथा वडा कार्यालयको सूचना पाटी, राजनीतिक दलको वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन) वा सामाजिक सञ्जाल (फेसबुक, एक्स, इन्स्टाग्राम) मार्फत विवरण सार्वजनिक गर्न सक्नेछन्।

उम्मेदवार वा दलले यीमध्ये कुनै एक माध्यमबाट सार्वजनिक गरेको विवरणको प्रतिलिपि भने आयोगमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र राजनीतिक दलले आयोगको केन्द्रीय कार्यालयमा आम्दानी तथा खर्चको विवरण पेश गर्नुपर्ने आयोगले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077