Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

हेलिकप्टरबाट उद्धार गरिएकी १८ वर्षीया सुत्केरीको सुर्खेतमा मृत्यु

हेलिकप्टरबाट उद्धार गरिएकी १८ वर्षीया सुत्केरीको सुर्खेतमा मृत्यु

शुक्रवार , फाल्गुण २९, २०८२

सुर्खेत । जुम्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिलाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ।

जुम्लाको तिला गाउँपालिका–३ निवासी १८ वर्षीया अस्मिता नेपालीको सुत्केरीपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि बिहीबार राति उपचारकै क्रममा मृत्यु भएको हो।

परिवारले उनलाई घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल बनेको थियो। त्यसपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुर्‍याइएको थियो।

प्रतिष्ठानमा चिकित्सकले शल्यक्रिया गरेर सुत्केरी गराए पनि त्यसपछि उनको स्वास्थ्यमा थप जटिलता देखिएको थियो। अवस्था सुधार नआएपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077