एजेन्सी । ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ।
निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा जेलमा रहेका बोल्सोनारो अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको उनको परिवारले बताएको छ।
'बुवा फेरि अस्पताल जाँदै हुनुहुन्छ। प्रारम्भिक रिपोर्ट अनुसार उहाँलाई निमोनियाका कारण लगातार वान्ता आउने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ,' सिनेटर तथा राष्ट्रपति पदका आकाङ्क्षी फ्लाभियो बोल्सोनारोले एक्समा लेखेका छन्।
पूर्वराष्ट्रपति बोल्सोनारोलाई सन् २०२२ को चुनावमा पराजित भएपछि असफल ‘कू’ प्रयास गर्न आफ्ना समर्थकलाई उक्साएको अभियोगमा २७ वर्षको जेल सजाय सुनाइएको थियो। सन् २०१८ मा एक चुनावी अभियानका क्रममा पेटमा छुरा प्रहार भएपछि उनी बारम्बार स्वास्थ्य समस्याबाट पीडित छन्।