Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी चार प्रदेशमा वर्षाको सम्भावना

यी चार प्रदेशमा वर्षाको सम्भावना

आइतवार , चैत्र १, २०८२

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

देशको हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

आज राति कोशी, कर्णाली र सुदूरपश्चिम  प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा  साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। 

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा सम्भावना रहेको छ ।

साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाका भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077