Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धनुषा–१ मा मातृकालाई राहत, साहको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

धनुषा–१ मा मातृकालाई राहत, साहको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

आइतवार , चैत्र १, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्नो उमेदवारी कायम हुनुपर्ने मागसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साह ‘कमल’ ले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आइतबार साहको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

कर्जा सूचना केन्द्रले किशोरीको नाम कालोसूचीमा राखेका कारण निर्वाचन आयोगले गत फागुन १८ गते उमेदवारी खारेज गरेपछि साह सर्वोच्च पुगेका हुन् ।

सर्वोच्चले उनको पक्षमा अन्तरिम आदेश नदिएपछि निर्वाचन आयोगले विजयी घोषित गरेका नेपाली कम्युनिस्ट पार्टीका मातृका यादवले मान्यता पाएका छन् । 

उक्त क्षेत्रको निर्वाचन परिणामलाई लिएर राजनीतिक रूपमा पनि चासो देखिएको थियो।

रास्वपाले चुनावी प्रक्रियामा भएका केही निर्णयप्रति असन्तुष्टि जनाउँदै अदालतको ढोका ढकढक्याएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077