Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आसेपासेलाई राजनीतिक नियुक्ति दिलाएपछि प्रधानमन्त्री कार्कीको चौतर्फी विरोध, निर्णय सच्याउन माग

आसेपासेलाई राजनीतिक नियुक्ति दिलाएपछि प्रधानमन्त्री कार्कीको चौतर्फी विरोध, निर्णय सच्याउन माग

सोमवार , चैत्र २, २०८२

काठमाडौं । निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने समयमा प्रधानमन्त्री सुशीला कार्कीले आसेपासेलाई दिलाएका नियुक्ति विवादमा परेका छन्।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रियसभामा राष्ट्रपतिले नियुक्त गर्ने एकजना सदस्यमा ओमप्रकाश अर्याल र प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेसँगै विवादमा तानिएकी हुन्। 

उक्त राजनीतिक नियुक्तलाई लिएर दुई पूर्व शिक्षामन्त्रीहरु लगायतले कडा शब्दमा आलोचना गरेका छन्।

पूर्व शिक्षामन्त्री एवम हालै म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित महावीर पुनले  सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिवलाई गरेको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन्।
 
उनले कोषको कार्यकारी पदमा आफ्नै स्वकीयलाई नियुक्ति गर्नु एक सय प्रतिशत गलत भएको भन्दै नियुक्त भएका आदर्र्शलाई त्यो पद नलिन आग्रह गरेका छन्।

उनले भनेका छन्– ‘सानो लोभका कारण प्रधानमन्त्रीले कमाएको इज्जत धुलोमा नमिलाइदेउ।’

यस्तै किसिमका नातावाद, कृपावाद, चाकरीवाद, चाप्लुसीवादले पुराना दलहरु खत्तम भए। यही पाराले काम गर्ने भए नयाँ दलहरु पनि कालान्तरमा मासिन्छन्। त्यसका लागि होसियारी गर्ने म भएको र अब आउने सरकारले त्यसमा बुद्धिविवेक प्रयोग गरेर नियुक्ति गर्ने पुनको भनाई छ। 

यसैगरी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पनि अरुले गरे नेपोबेबी र भागबण्डा आफूले गरे योगदानको कदर र जिम्मेवारी बाँडफाँड हुने कस्तो प्रवृत्ति हो भन्दै प्रश्न गरेकी छिन्। 

जेनजी आन्दोलनको प्रतिवेदन अझैपनि सार्वजनिक नगरिएको भन्दै सवकीय नियुक्त गर्ने निर्णय प्रधानमन्त्रीकै हो वा नियुक्ति खाने श्रेष्ठले नै गर्न लगाएको भन्दै उठाउदै सामाजिक सञ्जालमा आपत्ति जनाएकी छन्। 

श्रेष्ठले यो निर्णय कसको हो, निर्णय गर्नेको कि गराइनेको ? लेनदेन के छ ? पारस्परिक सम्बन्धमा के छ ? भन्दै प्रश्न गरेकी छन्।

यस्तै गुल्मी १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा युवा राजनीतिज्ञ सागर ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत विवादास्पद नियुक्तिको विषयलाई सार्वजनिक गर्दै सरकारको कार्यशैलीमाथि प्रहार गरेका छन्।

ढकालले लेखेका छन्- ‘आमा, जतिसुकै ठूलो महामानव भएपनि गल्ती हुन्छन्। हजुरले देशलाई ठूलो निकास दिनुभएको छ, हृदयदेखि सम्मान छ। जाँदाजाँदै हिजो गरेका निर्णय सच्याएर उदारता देखाउनुहुनेछ भन्ने कामना गरेका छौँ। ‘न कुनै विज्ञता, न अनुभव- मात्र योग्यता प्रधानमन्त्रीको स्वकीय सचिव। यत्तिको आधारमा प्रकृति संरक्षण कोषजस्तो देशको जिम्मेवार निकाय सुम्पिन मिल्छ र रु हामीलाई अब नातावाद र कृपावादको अन्त्य गर्नु छ। 

यता जेनजी अगुवा रक्षा बमले प्रश्न गरेकी छन्- 'सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेनजी साथीहरूले छाती र टाउकोमा गोली खाए। मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको प्रवाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए। केका लागि थाहा छ ? यो देशले, विस्तारै भए पनि, सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि। प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहार स्वरूप परिषद्, विभाग वा समितीका कुर्सीहरू बाडफाटँ गर्नका लागि होइन ।'

प्रधानमन्त्री नियुक्त भएसँगै कार्कीले सर्वोच्चको सूचना प्रविधि महाशाखामा कार्यरत नासु श्रेष्ठलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेकी थिइन् । कार्की प्रधानन्यायाधीश हुँदा श्रेष्ठ पेशी व्यवस्थापनको जिम्मेवारीमा थिए । 

त्यही पुरानो चिनजान र विश्वासका आधारमा कार्कीले कम्प्युटर अपरेटर पदमा कार्यरत उनलाई २९ भदौमा प्रमुख स्वकीय सचिव नियुक्त गरेकी थिइन् । सचिवसरहको सेवा सुविधा पाउने प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव नियुक्त भएको चौथो दिन २ असोजमा श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई सहसचिवसरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको स्वकीय सहसचिव नियुक्त गरेका थिए ।

त्यसपछि श्रेष्ठले सालीसहितका नातागोताका मानिसहरुलाई नियुक्त गरेको भन्दै विवादमा परेका थिए। विवादपछि श्रेष्ठलाई सचिवालयबाट हटाइएको थियो। त्यसयता श्रेष्ठले सत्ताको हालिमुहाली चलाएको भन्दै आलोचना भइरहेकै थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077