Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

यी हुन् समानुपातिकतर्फ कांग्रेसबाट निर्वाचित २० सांसद

यी हुन् समानुपातिकतर्फ कांग्रेसबाट निर्वाचित २० सांसद

सोमवार , चैत्र २, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको नामावली सार्वजनिक गरेको छ। आयोगले राजनीतिक दलहरूको सिफारिसका आधारमा सोमबार सूची प्रकाशन गरेको हो।

समानुपातिकतर्फ प्रतिनिधिसभामा दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसले २० सिट प्राप्त गरेको छ। प्रकाशित सूचीअनुसार कांग्रेसबाट विभिन्न समावेशी समूहअन्तर्गत प्रतिनिधित्व हुने गरी सांसदहरू चयन भएका छन्।

आदिवासी जनजाति कोटाबाट निवर्तमान सहमहामन्त्री भीष्मराज आङ्देम्बे, मदनकृष्ण श्रेष्ठ, गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा निर्वाचित भएका छन्।

खसआर्य समूहबाट पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, कालीबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती र सीता थपलिया सांसद बनेका छन्।

दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक र मनमाया विक निर्वाचित भएका छन्। त्यसैगरी मधेसी कोटाबाट चन्द्रमोहन यादव, नीनुकुमारी कर्ण र रेखाकुमारी यादव निर्वाचित भएका छन् ।

थारु कोटाबाट प्रमिलाकुमारी गच्छदार निर्वाचित भएकी छन् भने मुस्लिम कोटाबाट शाहजान खातुन सांसद बनेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077