Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम सुरु, उपसभापति द्वयले घण्टी बजाएर गरे उद्घाटन

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम सुरु, उपसभापति द्वयले घण्टी बजाएर गरे उद्घाटन

मंगलवार , चैत्र ३, २०८२

ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु भएको छ । 

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमामा मंगलवारदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको हो ।

कार्यक्रमको पार्टीका उपसभापति द्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले घण्टी बजाएर उद्घाटन गरेका छन् । 

कार्यक्रममा नवनिर्वाचित प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदहरू सहभागी रहेका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको थियो।

4.jpg

आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहिता लगायत विषयमा अभिमुखीकरण र प्रशिक्षणका दिनको लागी रास्वपाले २ दिने कार्यशाला आयोजना गरेको जनाएको छ । 

अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्य प्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतमा प्रशिक्षित दिइने जनाइएको छ । 

5.jpeg

 

6.jpeg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077