Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि र बालेन किन गएनन् सांसद अभिमुखीकरण कार्यक्रम उद्घाटनमा ?

रवि र बालेन किन गएनन् सांसद अभिमुखीकरण कार्यक्रम उद्घाटनमा ?

मंगलवार , चैत्र ३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आजदेखि ग्वार्कोस्थित होटल रोयल टुलिपमा अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको छ । 

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन) पार्टीका नवनिर्वाचित सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छैनन्।

बुधबारसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रम बालेनले उद्घाटन गर्ने र रविले समापन गर्ने तालिका थियो।

तर स्वास्थ्य अवस्थाका कारण दुवै नेता उद्घाटनसत्रमा उपस्थित हुन नसकेको पार्टीका उपसभापति डीपी अर्यालले जानकारी दिएका छन् ।

'स्वास्थ्य अवस्था र व्यस्तताले गर्दा बालेन जी उद्घाटन सत्रमा आउन सक्नुभएन । सभापति पनि स्वास्थकै कारण उद्घाटनमा उपस्थति हुन सक्नु भएन। बालेनजीलाई समापन सत्रमा ल्याउने प्रयास हुनेछ,' उपसभापति अर्यालले भने।

यसअघि समानुपातिकको सूचीबारे छलफल गर्न केन्द्रीय सचिवालयमा बसेको बैठकमा पनि स्वास्थ्य अवस्थाका कारण   पार्टी सभापति रवि लामिछाने भर्चुअल तरिकाबाट जोडिएका थिए। नयाँ सदस्यहरूका लागि विधान संशोधन गरेर मात्रै बैठकमा सहभागी गराउने पार्टीको तालिका अनुसार बालेन पनि सहभागी भएका थिएनन् । 

अभिमुखीकरण कार्यक्रम रास्वपाका उपभासपतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका छन्। 

कार्यक्रममा नवनिर्वाचित प्रत्यक्ष तथा समानुपातिकतर्फका सांसदहरू सहभागी रहेका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको थियो।

अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्य प्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतमा प्रशिक्षित दिइने जनाइएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077