Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भूभाग र मधेसमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागलगायत  सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी तराई भूभागमा आंशिक बादल रहनेछ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077