Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ। 

सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार संसदीय दलका कार्यालयको व्यवस्थापन, कर्मचारीको व्यवस्था तथा उपलब्ध गराइने सेवा-सुविधासम्बन्धी विषयमा धारणा आदानप्रदान गर्न आज दिउँसो साढे २ बजे बैठक आह्वान गरिएको हो।

'प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका दलहरूको बैठक सचिवालयले आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ,' प्रवक्ता गिरीले भने।

फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले , नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका छन्।

ती दलहरूको बैठक बोलाएर सचिवालयले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न थालेको हो।

यसैसँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सञ्चालन हुने नयाँ भवनको भौतिक अवस्थाबारे जानकारी गराउने तथा निर्माणाधीन संरचनाका कारण प्रारम्भिक चरणमा देखिन सक्ने असहजताबारे अवगत गराउने उद्देश्य पनि राखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077