Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कपका खेल मुलपानीमा हुने, टीयू मैदान मर्मतका लागि बन्द

प्रधानमन्त्री कपका खेल मुलपानीमा हुने, टीयू मैदान मर्मतका लागि बन्द

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता, २०८२ का खेलस्थलमा परिवर्तन गरेको छ ।

अब कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा तय भएका सबै खेलहरू मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिने भएका छन्।

क्यानले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार चैत ७ गतेदेखि सुरु हुने प्रतियोगिताका खेलहरू तल्लो मुलपानी क्रिकेट मैदानमा आयोजना गरिनेछन्। यसअघि सबै खेलहरू टीयू मैदानमै गर्ने योजना थियो।

संघले आगामी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग को तयारीलाई ध्यानमा राख्दै टीयू क्रिकेट मैदानमा स्तरोन्नति तथा मर्मत कार्य आवश्यक परेकाले खेलस्थल परिवर्तन गरिएको स्पष्ट पारेको छ।

क्यानका प्रवक्ता छुम्बी लामा ले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रतियोगिता भने पूर्वनिर्धारित मिति र तालिकाअनुसार नै सञ्चालन हुने उल्लेख गरिएको छ।

मैदान परिवर्तन भए पनि प्रतियोगिताको प्रतिस्पर्धात्मकता र तयारीमा कुनै असर नपर्ने क्यानको विश्वास छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077