Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेनलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने रास्वपाको तयारी

बालेनलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने रास्वपाको तयारी

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ लाई सर्वसम्मत रुपमा संसदीय दलको नेता बनाउने तयारी गरेको छ ।

पार्टी नेतृत्वस्तरमा भएको छलफलपछि सबै निर्वाचित सांसदहरूको सहमतिबाटै नेता चयन गर्ने समझदारी बनेको हो।

पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीका शीर्ष नेताहरूको छलफलपछि पार्टीका सबै निर्वाचित सांसदहरूका सहमतिमै दलको नेता सर्वसम्मत निर्वाचित गर्ने तय गरिएको छ ।

रास्वपामा प्रवेश गर्दै गर्दा बालेनलाई प्रधानमन्त्रीकारुपमा अगाडि सारिएको थियो। सोहीअनुसार बालेनलाई संसदीय दलको नेताका रूपमा अगाडि सारिएको छ।

हाल प्रचलित पार्टी विधानमा भने संसदीय दलको नेता निर्वाचनमार्फत चयन गर्ने व्यवस्था रहेको छ। तथापि,बिहीबार साँझ रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेनसहित उपाध्यक्षद्वय डा. स्वर्णिम वाग्ले र डोलप्रसाद अर्यालबीच शीर्ष तहमा सहमति जुटेको छ।

उक्त निर्णयलाई औपचारिकता दिन चैत १२ गते केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ।

उक्त बैठकले अनुमोदन गरेपछि बालेनलाई दलको नेता बनाइने र चैत १३ गते बालेनले प्रधानमन्त्रीको शपथ खाने तयारी गरेका छन् ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077