Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधरणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। 

आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको  पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र  बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077