Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग

राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ऋषिबाबु परियारले पार्टी छाडेका छन् । 

उनले नैतिकताको आधारमा राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन् ।

उनले पार्टीभित्र राजनीतिक विचारमा स्पष्टता नहुनु र दलित समुदायप्रति संवेदनशील नीतिको अभावलाई आफ्नो राजीनामाको कारण बताएका छन् ।

परियार पार्टीको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य र केन्द्रीय निर्देशन समिति सदस्यका रूपमा काम गर्दै आएका थिए ।

साथै उनी उत्पीडित दलित संगठनको केन्द्रीय वरिष्ठ नेताको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए ।

परियारले पार्टीले राजाको एजेन्डा त अंगिकार गरेको भए पनि व्यवहारमा पालन नगरेको, समानुपातिक चार सिटमा एक जना खसआर्य र एक जना दलित मिलाउन सकिने भए पनि पार्टीले दलितलाई नसमेटेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077