Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ठूलो परिमाणको अबैध लागूऔषधसहित चार जना कारोबारी पक्राउ

ठूलो परिमाणको अबैध लागूऔषधसहित चार जना कारोबारी पक्राउ

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित एक जना कारोबारी पक्राउ गरेको छ । 
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार रति २९ वर्षीय अनिल लिम्बूलाई ठूलो परिमाणमा लागू औषधसहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको टोलीले लिम्बूको साथबाट ट्रामाडोल ४ हजार १ सय ४६ क्याप्सुल, स्पास्पेन र डिकोलिक गरी ४ हजार २ सय २८ ट्याबलेट बरामद गरेको हो । 

पक्राउ परेका लिम्बूलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 

यसैबीच, काठमाडौंबाट पनि अवैध लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोमबार राती अन्दाजी १२ः१५ बजेको समयमा काठमाडौं महानगरपालिका–१६ बालाजु गंगाजमुना मार्ग स्थितमा रहेको आदित्य मण्डल नाम बताउने व्यक्तिको कोठा खानतलासी गर्दा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा जिल्ला धनुषा, धनुषाधाम नगरपालिका–९ घर भइ काठमाडौं महानगरपालिका १६ बालाजु गंगाजमुना मार्ग बस्ने वर्ष १९ को आदित्य मण्डल, जिल्ला सिन्धुली, दुधौली नगरपालिका–५ घर भएको वर्ष ४१ को उत्तर बहादुर कार्की भन्ने शम्भु कार्की र भारत देश सितामडी घर भएका वर्ष २७ को जितु कुमार राय रहेका छन् । 

शङ्कास्पद अवस्थामा फेला उनीहरुको शरीर तथा उक्त कोठा भित्र तलासी लिदा खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम, मोबाइल थान ३, ५६ हजार ८९५ रुपैयाँ र २ हजार ८ सय भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति प्राप्त भइ प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शम्भु कार्कीविरुद्ध दुई पटक मुद्दा चलेको पनि खुल्न आएको छ । कार्कीविरुद्ध २०७०।०९।३० गते डाँका र २०७७।०५।०४ गते हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077