Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज सातै प्रदेशमा असिनासहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा असिनासहित वर्षाको सम्भावना

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भूभागमा अधिकांश बादल, पहाडी  भूभागमा साधरणतया बादल र तराई भूभागमा  आंशिक बादल लाग्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका धेरै स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्ग, हावाहुरी,असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशको हिमाली भूभागमा अधिकांश बादल तथा कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा  साधरणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै तथा तराई भूभागको एक–दुई स्थानमा चट्याङ्ग, हावाहुरी, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077