Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुको विजयी शुरूवात

आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुको विजयी शुरूवात

आइतवार , चैत्र १५, २०८२

काठमाडौं शनिबारबाट शुरु भएको १९औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले विजयी शुरुवात गरेको छ । 

घरेलु मैदान चेन्नास्वामी स्टेडियममा आरसीबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले हरायो । हैदराबादले दिएको २०१ रनको लक्ष्य आरसीबीले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो । 

आरसीबीका लागि विराट कोहलीले ६९ रन बनाए भने देवदत्त पडिक्कलले ६१ रन जोडे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । 

हैदराबादका कप्तान इशान किशनले ३८ बलमा सर्वाधिक ८० रन बनाए भने अनिकेत वर्माले २१ बलमा ४३ रन जोडे । आरसीबीका ज्याकब डफी र रोमारियो शेफर्डले समान ३ विकेट लिए । 

आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077