Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजस्थान आईपीएलको प्लेअफमा, कोलकाता बाहिरियो

राजस्थान आईपीएलको प्लेअफमा, कोलकाता बाहिरियो

सोमवार , जेठ ११, २०८३

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४० रनले पराजित गरेको छ ।

मुम्बईमा हिजो पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनायो ।

दिल्लीका लागि केएल राहुलले आक्रामक ब्याटिङ गर्दै ३० बलमा ६० रन बनाए । २०४ रनको लक्ष्य पछ्याएको कोलकाता १८ ओभर ४ बलमा १६३ रनमा समेटियो ।

मुम्बई इन्डियन्स राजस्थान रोयल्ससँग पराजित भएपछि कोलकाता र पञ्जाब किंग्स दुवै प्लेअफ दौडबाट बाहिरिएका छन् ।

प्लेअफको सम्भावना जोगाउन कोलकातालाई यो खेल जित्नैपर्ने दबाब थियो । यो जित दिल्ली क्यापिटल्सका लागि सान्त्वना बनेको छ भने कोलकाता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077