Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुजरात आईपीएलको फाइनलमा, उपाधिका लागि आरसिबीसँग भिड्ने

गुजरात आईपीएलको फाइनलमा, उपाधिका लागि आरसिबीसँग भिड्ने

शनिवार , जेठ १६, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराएर गुजरात फाइनलमा पुगेको हो ।

पञ्जाबमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले दिएको २१५ रनको लक्ष्य १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै गुजरात फाइनलमा पुगेको हो ।

समूह चरणमा दोस्रो स्थानमा रहेको गुजरात पहिलो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्गलोरसँग पराजित भएको थियो । दोस्रो मौकामा भने फाइनलमा पुग्न सफल भयो ।

फाइनल खेल गुजरात र बेङ्गलोरबीच आइतबार हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077