Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

जसको प्रभावले अहिले देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा मध्यम वर्षा हुने सङ्केत देखिएको छ । 

यस्तै, मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू(भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077