Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ड्युटी क्रममै आफ्नै जवानमाथि एसपीले किन बर्साए लाठी ?

ड्युटी क्रममै आफ्नै जवानमाथि एसपीले किन बर्साए लाठी ?

सोमवार , चैत्र १६, २०८२

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि एमाले कार्यकर्ताहरू विरोधमा उत्रिएका छन् । 

प्रदर्शनकारीबाट तोडफोड र अराजक गतिविधि रोक्न प्रहरी सडकमा खटिइरहेको छ । यसै क्रममा प्रदर्शनकारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरीसँग दोहोरो झडप पनि भइरहेको छ । 

राजधानीको बबरमहल क्षेत्रमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताले सिंहदरबार प्रवेश गर्न र सार्वजनिक सम्पत्तिको हानी नोक्सानी पुर्याउन थालेपछि एसपी स्वयं लाठीचार्जमा खटिएका थिए ।

सोहि क्रममा आन्दोलन नियन्त्रणका लागि खटिएका नेपाल प्रहरीका वरिष्ठ अधिकृतले आफ्नै मातहतका जवानमाथि आन्दोलनस्थलमै लाठीचार्ज गरेको दृश्य सार्वजनिक भिडियो र तस्वीरहरूमा भाइरल भएको देख्न सकिन्छ ।

यदि कुनै प्रहरी जवानबाट ड्युटीका क्रममा कमजोरी वा आदेश उल्लंघन भएको थियो भने त्यसका लागि संगठनभित्र स्पष्ट कानुनी प्रक्रिया, स्पष्टीकरण, विभागीय कारबाही र सचेत गराउने संयन्त्रहरू विद्यमान छन्। तर, आन्दोलनकै बीच सार्वजनिक रूपमा आफ्नै जवानमाथि लाठीचार्ज गर्नु संगठनात्मक अनुशासन विपरीत भएको भन्दै प्रहरी संगठनभित्रै प्रश्न उठ्न थालेको छ।

प्रदर्शनकारीमाथि लाठीचार्ज गरेकै अवस्थामा आफ्नै जवानमाथि किन लाठीचार्ज भयो त्यो अहिलेसम्म खुलेको छैन । 

कतिपयले घामपानी नभनी ड्युटीमा खटिएको तल्लो दर्जाको प्रहरीलाई कुनै पनि कारणले एसपी साबको लाठी पर्नु न्यायसंगत मात्र नभइ शोभनीय नदेखिएको तर्क गरेका छन् ।  

कतिपयले भने नेतृत्व तहका अधिकृतका लागि पनि समान रूपमा नियम लागू हुनुपर्ने भन्दै घटनाबारे निष्पक्ष छानबिन गरी आवश्यक कारबाही हुनुपर्ने माग गरिरहेका छन् ।

यद्यपी कतिपयले प्रदर्शनकारीलाई हान्दा जवानलाई लागेको भन्ने तर्क पनि राखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077