Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन नेपाल लाइफका सीईओ पक्राउ, सेयरमा कीर्ते गरेको आरोप

सन नेपाल लाइफका सीईओ पक्राउ, सेयरमा कीर्ते गरेको आरोप

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । सन नेपाल लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजकुमार अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

सीआईबीको टोलीले उनलाई सोमबार दिउसो कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।  वित्तीय अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि अर्याललाई नियन्त्रणमा लिइएको बताइएको छ । 

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेको अरोपमा अर्याललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ । 

नेपाल धितोपत्र बोर्डले अर्यालले कर्मचारीको सेयर बाँडफाँटमा किर्ते गरेर आफूलाई धेरै राखेको विषयमा प्रारम्भिक अध्ययन गरी सीआईबीमा अनुसन्धान प्रतिवेदन पठाएको थियो ।

सोही प्रतिवेदन उपर थप अनुसन्धानका लागि अर्याललाई सोमबार प्रहरीले पक्राउ गरेको सीआईबीले जनाएको छ । 

बोर्डको अध्ययन प्रतिवेदन अनुसार सीईओ अर्यालले आफ्नै सेयर माग आवेदनमा किर्ते गरेको देखिन्छ । अर्यालले बोर्डमा प्रतिलिपि भनी पेस गरेको फारममा माग गरेको सेयर कित्ता तथा रकम उल्लेख गरेको नदेखिएको तर सक्कल भनी पछि पेस गरेको फारममा सेयर कित्ता तथा रकम उल्लेख गरिएको प्रतिवेदनमा उल्लेख छ ।

अर्यालले कर्मचारीलाई खाली फारम भराउने तथा आफैंले भरिदिएको ३८ जनाको शंकास्पद फाइल पहिचान भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077