Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा राजस्थानको विजयी सुरुवात, चेन्नई ८ विकेटले पराजित

आईपीएलमा राजस्थानको विजयी सुरुवात, चेन्नई ८ विकेटले पराजित

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ । 

गएराति भएको खेलमा राजस्थानले चेन्नईलाई ८ विकेटले हराएको हो । चेन्नईले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १२ ओभर १ बलमा २ विकेट गुमाएर भेटायो । वैभव सूर्यवंशीले ५२ र यशस्वी जयसवालले अविजित ३८ रन बनाए । 

चेन्नईका अंशुल कम्बोजले २ विकेट लिए । त्यसअघि गुवाहाटीमा टस हारेर ब्याटिङ गरेको चेन्नई १९ ओभर ४ बलमा १२७ रनमा अलआट भयो । चेन्नईका जेमी ओभरटनले सबैभन्दा धेरै ४३ रन बनाए । 

राजस्थानका जोफ्रा आर्चर, नान्द्रे बर्गर र रविन्द्र जडेजाले समान २ विकेट लिए । शनिबारदेखि शुरू भएको १९औँ संस्करणको प्रतियोगितामा १० वटा टोली सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077